कुशे गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनीक

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाले आफनो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार कुशे गाउँपालिकाको आठौ गाउँसभा मार्फत आफ्ना निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट रोजगारी गुमाई गाउँपालिका फर्कि आएका व्यक्तिहरुको अभिलेख तयार गरि उक्त अभिलेख भित्र रहेका लगायत विपन्न वेरोजगारहरुको लागि विकाससँग रोजगार जोडी कार्यक्रम सञ्चालन गर्न अध्यक्ष रोजगार कार्यक्रममा आवश्यक बजेट व्यवस्था गरिने बताएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले निति तथा कार्यक्रम सार्वजनिक गर्दै दुग्ध पर्दाथ एवं मासुको गुणस्तर र स्वच्छता कार्यक्रम गर्नका लागि गाउँपालिका भित्र दुग्ध डेरी तथा पशु वधशाला स्थापना गरी गोठदेखि ओठ सम्म स्वच्छ दुध र मासु उत्पादन गर्ने कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने जानकारी गराए ।

त्यस्तै अध्यक्ष बस्नेतले “सुनौलो भविष्य, बाल बालिकासंग अध्यक्ष” कार्यक्रम निमार्ण गरि लागु गरिने बताए । किशोरी संरक्षणको लागि “किशोरी तथा गर्भवती महिला संग उपाध्यक्ष” कार्यक्रमलाई निरन्तरता दिइने निति तथा कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved