इटहरीकी एक महिलामा कोरोना पुष्टि

  • असार १७, २०७७
  • कालापानी मिडिया
alt

 सुनसरीको इटहरी २० तरहराकी एक युवतीमा कोरोना पोजेटिभ देखिएको छ । भारतको ब्याङ्लोरबाट इटहरी आएर इटहरीकै जनप्रतिनिधिको सोर्समा होम क्वारेन्टाईनमा बस्दै आएकी २० बर्षिय युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

जनता क्याम्पसको क्वारेन्टाईनमा प्रशस्त ठाउँ हुदा हुदै जनप्रतिनिधिको सोर्समा होम क्वारेन्टाईनमा बस्दै आएकी ती युवतीमा कारोना पोजेटिभ भेटिएको हो । अहिले जनता क्वारेन्टाईनमा ८२ जना मात्र छन । तर पछिल्लो समय बाहिरबाट आएकाहरुलाई जनप्रतिनिधिहरुले सोर्स फोर्समा होम क्वारेन्टाईन पठाउँदा जोखिम बढेको छ । 

असार १२ गते पिसिआर जाँच गरिएकोमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनलाई थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य बिग्यान प्रतिष्ठान रेफर गरि उनका पारिवारिक सदस्यहरुको समेत पिसिआर जाँच भैरहेको जानकारी इटहरी अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डा राम कुमार धमलाले जानकारी दिए । 

सन्चारपाटी सँगको कुराकानीमा डाक्टर धमलाले कोभिड १९ बाट त्रसित नहुन भौतिक दुरी कायम गर्न र आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved