बलिउड क्षेत्रमा एक पछि अर्को शोक,प्रसिद्ध कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रसिद्ध कोरियोग्राफर सरोज खानको निधन, २०२० बलिउडका लागि नराम्रो वर्ष साबित

  • असार १९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । बलिउडकी प्रसिद्ध कोरियोग्राफर सरोज खान अब हामीमाझ छैनन्। उनको बिहाबार राती मुंबईमा हृदयघातका कारण मृत्यु भएको जनाइएको छ। खानलाई सास फेर्न गाह्रो भएपछि जुन २० मा बांद्राको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। त्यहि समयमा, अस्पताल भर्ना पछि, सरोज खानको कोविड जाँच पनि गरियो तर उनलाई संक्रमण भने देखिएन ।

saroj_khan_0

सरोज खानको जन्म २२ नोभेम्बर १९४८ मा मुम्बईमा भएको थियो। उनी ७२ वर्षकी थिइन। उनको वास्तविक नाम निर्मला नागपाल थियो। उनले २०० भन्दा बढी चलचित्रहरूको लागि कोरियोग्राफ गरेकी थिइन। सरोज पहिलो सहायक कोरियोग्राफर थिइन, तर उनी १९७४ को फिल्म गीता मेरा नामबाट कोरियोग्राफर भएकी हुन्।

ff

उनले तेजाबु, खलनायक, मिस्टर इंडिया,चालबाज,नगीना,चांदनी, हम दिल दे चुके सनम, देवदास लगायत धेरै नाम चलेका फिल्मोंहरुमा कोरियोग्राफ गरेकी छिन्
। उन्ले अन्तिम गाना फिल्म, कलंकके लिए बाह हो गए को कोरियोग्राफ गरेको थिइन । जसमा माधुरी दीक्षितले नृत्य गरेकी छिन् ।

jj

उसोत २०२० बलिउडका लागि एकदमै नराम्रो वर्ष साबित भएको छ। यसवर्ष एक पछि अर्को धेरै बलिउड स्टारहरूले यस संसारलाई बिदाइ गरेका छन्। पहिले इरफान खान, त्यसपछि ऋषि कपूर र उनीहरूको मृत्युले स्तब्ध भएका मानिसहरूलाई संगीत निर्देशक वाजिद खानको मृत्युको खबरले झनै पिर थप्यो । यसपश्चात सुशांत सिंह राजपूतको आत्महत्याको सबैभन्दा अचम्मलाग्दो समाचार आयो, जसका कारण मानिस अझै पूर्णरूपमा मुक्त हुन सकेका छैनन् । यतिबेला सरोज खानको खबर आएपछि सारा बॉलिवुड शोकमा ड्वेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved