धनगढीमा जग्गा विवाद सुरु

  • असार १९, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । धनगढी उप-महानगरपालिका वडा नम्बर ५ का स्थानीय शिवराज भट्टले सुकुटी नालासँगै जोडिएको खोला अतिक्रमण गरी वषौँदेखि आवातजावत गर्दै आएको बाटो बन्द गरेको भन्दै विवाद सुरु भएको छ।

सुकुटी नालामा रहेको ऐलानी पर्ती जग्गामा बस्दै आएका शान्ति चौधरी लगायतले आफूहरुलाई भट्ट परिवारले जग्गा अतिक्रमण गरी आवातजावतमा रोक लगाएको भन्दै उप-महानगरपालिकाको न्यायिक समितिमा गत चैतमा उजुरी दिएका छन्।

तर उक्त उजुरीमाथि सुनवाइ हुन सकेको छैन भने न्यायिक समितिले दुवै पक्षलाई मिल्न आग्रह गरिरहेको छ। ‘हामी वषौँदेखि यो बाटो हिड्दै आएका हौँ। तर वनका कर्मचारी समेत रहेका शिवराज भट्टको परिवारले अहिले ऐलानी जग्गालाई आफ्नो भन्दै रोक लगाएका छन्।’ न्यायिक समितिमा उजुरी दिने शान्ति चौधरीले भनिन्, ‘न्यायिक समितिले विवाद हल गर्न छोडेर सहमती गर भन्दैछ। हामीले त्यो बाटो हिड्न पाउँनुपर्छ।’

उनीहरुले उप-महानगरपालिका गुहारेपछि असार १४ मा मेयर नृपबहादुर वडले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गरेका छन्। उक्त पत्रमा सत्य साइबाबा पुलको उत्तर कुनामा रहेको सुकुटी नालाको पुलदेखि चौधरी टोल जाने बाटोको विवादमा स्थानीय शिवराज भट्टले अवरोध गरेकाले उक्त बाटो बन्द नगर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गरिएको छ।

तर भट्ट दम्पत्तीले बाटोको अवरोध कायमै राखेको गुनासो गरिएको छ। यता वन विभागका कर्मचारी समेत रहेका भट्ट परिवारले भने आफूहरुले लालपुर्जा भएको नीजि जग्गा खरिद गरी उपभोग गदै आएको दावी गरेको छ।

‘चौधरी लगायतका व्यक्तिहरुले खोलानाला अतिक्रमण गरी वषौँदेखि पक्की घर लगायतका संरचना खडा गरेका छन्। हामीले आफ्नो जग्गासँग जोडिएको खोलाको संरक्षण गरिरहेको छौँ।’ भट्टकी श्रीमती पुष्पाले भनिन्, ‘अतिक्रमित भूमीबाट उनीहरुलाई पनि हटाउनुपर्छ त्यसो भए हामी पनि छोड्न तयार छौँ।’

तर चौधरी पक्षले भने वषौँदेखि प्रयोग गर्दै आएको बाटोमा निर्वाध रुपमा आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेको छ। यता धनगढी उप-महानगरपालिकाको न्यायिक समितिमा बुधबार मात्र बाटोमा अवरोध सिर्जना गरेको आरोप खेपिरहेका भट्ट दम्पत्तीले शान्ति चौधरी लगायतका व्यक्तिहरु सुकुटी नालाको जग्गा अतिक्रमण बसिरहेकाले हटाउन माग गर्दै अर्को उजुरी दिएका छन्।

न्यायिक समितिमा परेको यसअघिकै उजुरी पछ्यौट हुन सकेको छैन्। खोलानाला अतिक्रमण हटाउ अभियान नै चलाएको धनगढी उप-महानगरपालिकाकै न्यायिक समितिले अतिक्रमित जग्गाको विवाद मिलाउन भूमिका खेलिरहेको आरोप पनि लागेको छ।

तर न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख सुसिला मिश्र भट्टले भनिन्, ‘अहिले बाटो खुलाई पाउ भनी उजुरी परेको छ। त्यसमाथि अध्ययन गरिरहेका छौँ जग्गाको अतिक्रमण हटाउने अधिकार न्यायिक समितिलाई हुदैन्।’

धनगढीमा खोलानालामा अतिक्रमण बढ्दै गएपछि जग्गा सम्बन्धीका विवादहरु समेत बृद्धि भएका छन्। अतिक्रमण हटाउने दावी गर्दै आएको उप-महानगरपालिका भने अतिक्रमणकारी सामू निरिह बनेको आरोप लाग्ने गरेको छ।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved