कञ्चन हत्या घटनाको अनुसन्धान तीव्र, डेढ दर्जन पक्राउ

  • असार २१, २०७७
  • कालापानी मिडिया
alt

दिपक कर्ण, जनकपुरधाम । गत शुक्रबार बिहान जनकपुरमा बलात्कार पश्चात हत्या गरि फालिएकी ११ बर्षिया बालिका कञ्चन कुमारी पजियारको घटनामा धनुषा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
धनुषा प्रहरीले कञ्चनको शव फेला परेको दिननै सोही वडास्थित श्मशान घाटमा बस्ने अघोरी बाबा र दुई जना अन्य नाम नखुलेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । शव फेला परेको चार दिन भित्र धनुषा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरु लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट प्रमाणको रुपमा एउटा ब्ल्याङकेट समेत फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । असार १९ गतेनै जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता रामेश्वर कार्कीको उपस्थितिमा मृतक बालिकाको शव ७ जना डाक्टरहरुको समूहले पोस्टमार्टम समेत गरिसकेको भएपनि रिपोर्ट भने अहिलेसम्म आउन सकेको छैन ।

84640172_712627539525845_5410739434219533293_n

बलात्कार हो होइन भन्ने प्रश्नमा डिएसपी कार्कीले भने,‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकीन भन्न सकिन्छ । प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिन्छ तर यथार्थ कुरा रिपोर्ट आएपछि मात्र बाहिरिने छ ।’ हामीले अनुसन्धान तीब्र रुपमा अगाडि बढाएका छौं,डिएसपी कार्कीले भने,‘अहिलेसम्म १८ जनालाई हामीले नियन्णमा लिएर बिभिन्न अनुसन्धान अगाडि बढाएका छौं ।’ उनले पोस्टमार्टमको रिपोर्ट रिपोर्ट आज आउनसक्ने समेत जानकारी दिए ।

106913375_1163264630717153_933685116754692744_n

यसैबीच, नेपाली कांग्रेस नगर कमिटीले हत्यारालाई कड़ा कारवाहीको माग गरेको छ । मृतक परिवारलाई भेट गर्न पुगेका नेपाली काँग्रेस नगर कमिटीका अध्यक्ष मनोज साहले यस्ता मानवता विरोधी तत्वलाई तत्कालै खोजी गरी हदैसम्मको कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

106508523_612434839399023_2771946804935042986_n

काँग्रेस नगर कमिटीले यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र प्रहरी प्रमुख रमेश कुमार बस्नेतलाई समेत ध्यानाकर्षण गराएका छन् । १७ गते बिहान भैंसी चराउन घरबाट निस्केकी ११ वर्षीया कञ्चनको असार १९ गते बिहान ११ बजे स्थानीय श्मशानघाट नजिकै दुधमती नदी किनारमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved