फोहरलाई मोहर बनाउने अभियानमा इटहरी उपमहानगर

  • असार २४, २०७७
  • कालापानी मिडिया
alt

इटहरी । इटहरीमा जनसङ्ख्या वढेसगै फोहोर उत्सर्जन पनि बढ्दो रूपमा छ । इटहरी उपमहानगरपालिका बाट मात्र दैनिक ३७.७ टन फोहोर उत्सर्जन हुने गर्दछ । जसमध्ये दैनिक दैनिक १८ टन फोहोर सङ्कलन हुने गरेको छ । जसमा कुहिले फोहोरको मात्रा ५६ प्रतिशत रहेको छ । इटहरीमा निस्कने फोहोरको अवस्थालार्ई छुट्टाएर प्रशोधन गर्ने हो भने ९३ प्रतिशत फोहोर पुन प्रयोग गर्न सकिने इटहरी उपमहानगर का वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले बताए । । इटहरीमा दैनिक निस्कने फोहोरको व्यवस्थापन गर्न त हम्मे हम्मे परेको अवस्थामा अचानक भइपरी आउने प्राकृतिक प्रकोपहरूले गर्दा आउने फोहोर व्यवस्थापन गर्न समस्या माथि समस्या थपिएको छ । हावाहुरी , बाढी , आदीका कारण इटहरीमा बर्सेनि निकै मात्रामा फोहोरहरू थुप्रिने गरेको छ । इटहरीमा फोहरलार्ई स्रोतमै छुट्टाउने काम भएको छैन । अबको अवस्थामा फोहोर मैत्री वातावरणको प्रयोग गर्दै फोहोरजन्य सामानको पुन प्रयोग गर्न सकिने चौधरीले बताए । इटहरी उपमहानगरपालिकाले ३ आर रिडिउस री युज र री साइकलको नीति लिएर इटहरीमा एउटा पाइलट प्रोजेक्ट सञ्चालन गरिरहेको छ । बढ्दो सहरीकरण सँगै विवादमा आइरहने फोहोर मैला व्यवस्थापन कालागि इटहरी उपमहानगरले ल्याण्डफिल्डको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  

Untitled-1-copy

इटहरीबाट सङ्कलन गरिएको फोहोरहरू धरान र तरहरा बिचको चारकोशे जङ्गलमा व्यवस्थापन गरिँदै आएकोमा अबको केही दिन भित्रै इटहरी ल्याण्डफिल्डको काम सकिने र फोहोर मैला व्यवस्थापन हुने उपमहानगरले जनाएको छ । निजी कम्पनी इन्भ्यारो कन्सर्ट पार्ली सँग २० वर्षको सम्झौता गरे अनुरूप इटहरीको फोहोर व्यवस्थापनमा सहज हुँदै आएको र अबको केही दिन पश्चात् उपमहानगरकै मातहतमा बन्ने डम्पिङ साइडले विवाद पनि सुल्झिने उपमहानगर का वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले बताए । उनले इटहरी क्षेत्रबाट अहिले पनि सडेन र नसड्ने गरी कुल ३७.७ टन फोहोर सङ्कलन हुँदै आएको र तिनीहरूको व्यवस्थापन गर्न चारकोशे झाडीमा विसर्जन हुँदै आएको बताए । साथै उपमहानगरले आगामी वर्ष कालागि फोहोरलाई मोहर बनाउन विभिन्न उपयुक्त नीतिहरू ल्याइरहेको पनि उनले जानकारी दिएका छन् ।वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेस्ट एन्ड इन्भायरो म्यानेजमेन्ट प्रणालीसँगको सहकार्यमा उपमहानगरले इटहरीको वार्ड १० स्थित बुढी खोलाको किनारमा करिब साढे ३ बिगाहा जमिनमा प्लान्ट बनाउन गइरहेको प्रमुख चौधरीले बताए । उक्त प्लान्टबाट फोहोरहरू प्रशा्रेधन गरी बायो ग्यास उत्पादन गर्न सकिने र आर्थिक उपार्जनमा पनि ठुलो टेवा पुग्न सक्ने धारणा व्यक्त गरेका छन् । 

landfield

इटहरीलार्ई फोहोर मुक्त सहरको रूपमा विकास गर्ने योजनामा इटहरी उपमहानगर जुटेको इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतम बताउनु हुन्छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले फोहोर प्रशोधन गरी सामुदायिक निजी साझेदारी (पिपिपी) मोडेलमा व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको बताउँनुहुन्छ् । इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको ‘वेस्ट एन्ड इन्भायरो म्यानेजमेन्ट प्रालि का अनुसार इटहरीले उपलब्ध गराएको ल्यान्डफिल साइटमा प्राविधिक काम भइरहेको वेस्ट एन्ड इन्भायरो म्यानेजमेन्ट प्रालि का अध्यक्ष मानध्वज मोक्तान बताउँछन् । फोहोर मैला व्यवस्थापनको लागि इटहरी उपमहानगरपालिका तथा नागरिक बिचमा सहकार्य हुँदै फोहोरको व्यवस्थापन गरेमा मात्र मानिस स्वास्थ्य हुन सक्छन् । जनचेतना, जनसहभागिता, सार्वजनिक निर्माण कार्यमा सम्बन्धित निकाय एवं नागरिक समाज सँगको समन्वय, प्रभावकारी अनुगमन तथा नियमन, र नवीन ज्ञान र प्रविधिको प्रयोगले वातावरणीय समस्यालार्ई अवसरको रूपमा परिणत गरी समृद्ध इटहरीको सपना साकार पार्न सकिने स्थानीय सुनिल कार्की बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved