कानुन निर्माणमा अब्बल इटहरी

  • असार २४, २०७७
  • कालापानी मिडिया
alt

इटहरी, इटहरी उपमहानगरपालिका कानुन निर्माण तथा कार्यान्वयनमा अबल देखिएको छ । सुनसरीका १२ वटा स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिकाले सबैभन्दा धेरै र राम्रो कानुन बनाएको इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतम बताउनुहुन्छ । गौतमको संयोजकत्वमा ७ जना रहने गरी कानुन मस्यौदा समिति गठन गरेर कानुन निर्माण काे काम धमाधम भइरहेको छ ।

कानुन जस्तो संवेदनशील र जटिल विषयमा सम्बन्धित कानुन विज्ञसँग परामर्श गरी कानुन निर्माण गरिएको उपमेयर लक्ष्मी गौतमको भनाइ छ ।देश का अन्य ठुला पालिकाहरू भन्दा उत्कृष्ट कानुन बनाएको गौतमको दाबी छ । उपमेयर गौतमका अनुसार विभिन्न ठुला पालिकाहरूले कानुन निर्माण मा इटहरी उपमहानगरपालिका हरूले निर्माण गरेको कानुनको अनुसरण गरेको छ ।

इटहरी उपमहानगरले कानुन निर्माण गर्दा कानुन बिज्ञ सँग सहकार्य गर्ने र विभिन्न समिति र उपसमितिमा समेत छलफल गरेर कानुन निर्माण गरिएको उपमेयर गौतमको बताउनु हुन्छ ।

इटहरी उपमहानगरले कानुन निर्माण गर्दा नगर प्रमुख द्दारीकलाल चौधरी उप प्रमुख लक्ष्मी गौतम र कार्यकारी बसेर मात्र कानुन निर्माण नगरी सर्वपक्षीय छलफल र संम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गरी कानुन निर्माण गरिएको छ । स्थानीय सरकार जनताप्रति जबाफदेही भए मात्रै लोकतन्त्र दिगो हुने राम्रो कानुनले स्थानीय सरकार लाई पनि जवाफदेही बनाउने स्थानीय युग निरौला बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved