इटहरी । इटहरी उपमहानगरले कौशीखेती प्रवर्धनको लागी स्पष्ट निति अख्तीयार गर्न सकेको छैन । अहिलेसम्म भएका प्रयासहरु व्यक्तीगत रहरको आधारमा मात्र भएको देखीएकोछ । आब २०७५÷७६ देखी मात्र कौशीखेतीको लागी तालीम दिने काम सुरु भएकोहो । कृषी बिकाश कार्यक्रम अन्तरगत १ करोड बजेट बिनीयोजन भएको र त्यसमध्ये ६ लाख कौशीखेती प्रवर्धनको नाममा छुट्याइएको बजेट पुस्तीकामा उल्लेख गरीएकोछ । जुन इटहरी उपमहानगरको पहिलो कौशीखेती प्रवर्धन कार्यक्रम हो । कौशीखेतीका लागि सम्भाव्यता अध्ययन नगरी बजेट बिनियोजन गरि सुरुवात गर्नु आफैमा राम्रो अभ्यास हो तर यसको बृहत अध्ययन अनुसन्धान गरेर कौशीखेतीको दिर्घकालिन योजना ल्याउन सके कौशीमा “अर्गानीक उत्पादन नगरबासीको स्वास्थ्य जीवन” बनाउन इटहरी सरकार सफल हुने देखिन्छ । इटहरीका १, ५, ६ र २० वडामा १ लाख कौशीखेती तालीममा खर्च भइसकेको इटहरी उपमहानगरपालिका कृषी शाखाकी निमित्त प्रमुख बिमला लिम्बुले बताईन् । उनका अनुसार ४ र ९ नम्बर वडामा कार्यक्रम गर्ने भनेपनि लकडाउनको कारण सफल हुन नसकेको हो । प्रत्येक वडामा २५ जनाको दरले सय जनालाई तालीम प्रदान गरीएको उनको भनाईछ । सहरको लागी कौसी खेती उपलब्धी मुलकनै भएपनि भनेजस्तो काम गर्न नसकीएको लिम्बूको भनाई छ । आफ्नै घरमा उत्पादीत अर्गानीक तरकारी खान पाइने भएकोले धेरै स्थानीयले चासो दिएर कौशीखेती बारेमा जानकारी लिन आउने गरेको निमित्त प्रमुख लिम्बूको भनाई छ ।
उता वडानम्बर ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराई भने कौशीखेतीकालागि छुट्याइएको रकम कुनै तालीमनै नगरेपनि अन्य कार्यक्रम गरेर भएपनि बजेट खर्चगर्न सकिने बताउँछन् । तर यो प्रतिकुल समयमा तालीमको आयोजना गरेर रकममात्र सिध्याउन नहुने उनको तर्कछ । इटहरी उपमहानगरपालिकाकी उपमेय लक्ष्मी गौतमका अनुसार कृषी निती तयार परीएको र अब त्यसैको आधारमा सम्भाव्यता अध्ययन गरी इटहरीलाई तरकारीमा आत्मनिर्भर सहर बनाउने लक्ष्य राखीएकोछ । हरीयाली प्रवद्र्धन तथा अर्गानीक तरकारी खपतमा वृद्धी गर्नको लागी कौशीखेतीलाई प्राथमीकता दिइने उनको भनाईछ ।
कौशीखेतीको प्रवर्धनगरी तरकारीमा आत्मनिर्भर हुने पहिलो सहर हुने अवसर इटहरी उपमहानगरलाई छ । त्यसको लागी सम्भाव्यता अध्ययन गरी अनिवार्य रुपमा कौशीखेतीको व्यवस्था गर्न सक्नुपर्छ । जसले गर्दा “हरीत नगरी इटहरी” देखी “अर्गानीक खानपान, श्वच्छ जिवनयापन, इटहरीको पहिचान” को नारालाई मुर्त रुप दिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved