स्कुलमा झुन्डिएको अबस्थामा युवतिको शब फेला, हत्याको आशांका

  • असार २५, २०७७
  • कालापानी मिडिया
alt

मुकेश कुमार यादव,सिरहा। सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा आज बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी गोलबजार नपा ५ का राम जुलुम साहका छोरी करिव १५ बर्षिया पुन्टि साह रहेको प्रहरीले जनाएको छ ।106988682_278589313393850_8702502342322586054_n

स्थानीले विहान शव देखेलगतै प्रहरीलाई जानकारी गराएको थियो । घटना जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज जानक पुरी घटनास्थल पुग्दा स्कुलको कक्षाकोठामा युवतिको शब झुन्डिएको अबस्थामा फेला परेको बताए । प्रहरीले स्कुलको सि।सि।टिभिको फोटेज चेकगर्दा हिजो (मंङलबार) दिउँसो ४ बजे किशोरी सँगै अर्का एकजना केटा पनि देखिएको जनाएको छ । त्यही फोटोका कारण घटना संस्कास्पद भएको प्रहरीको भनाई रहेको छ ।

106898776_742077353000242_207686886040717974_n

सिसिटिभी क्यामेरामा देखिएको भनेका राजु कुमार साहलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्सपेक्टर पुरीले बताए । शव पोष्टर्माटमको लागि लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको भन्दै पोष्टमार्टम रिर्पोट आएपनि मात्र हत्या हो कि होइन भन्ने कुरा खुल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved