सुदूरपश्चिम यातायात पनि संचालनको तयारीमा

  • असार २५, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिमका यातायात व्यवसायी पनि सार्वजनिक सवारीसाधन सञ्चालनको तयारीमा जुटेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायात सेवा सञ्चालनको मोडालिटी तयार पारी सरकारसँग छलफल गरिरहेका बेला सुदूरपश्चिममा समेत व्यवसायी तयारीमा जुटेका हुन्।

नेपाल यातायात राष्ट्रिय महासंघका सह–कोषाध्यक्ष डम्बर पन्तले कोरोना महामारीपछि बन्द अवस्थामा रहेको यातायात सेवालाई पुनः सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए।

पन्तले राष्ट्रिय यातायात महासंघले सामाजिक दुरी कायम गरी सेवा सञ्चालन गर्न सकिने मोडालिटी तयार गरी सरकारलाई बुझाएकाले सोही अनुसार सुदूरपश्चिममा समेत व्यवसायीहरु आ–आफ्नो तयारीमा लागेको बताए।

महासंघले सामाजिक दुरी कायम, भाडा हेरफेर, चालक परिचालक र यात्रुको स्वास्थ्य सुरक्षा, स्वास्थ्य परीक्षण लगायत व्यवस्था मिलाउने गरी बनाईएको मापदण्डको खाका सरकारलाई बुझाईसकेको छ। उनले प्रदेश सरकार लगायतका निकायसँग पनि उक्त मोडालिटी बारे छलफल भईरहेको बताए।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालीले पनि कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायता सेवा सञ्चालनका लागि आवश्यक तयारी थालिएको जनाएको छ।

प्रालीका अध्यक्ष पदम सापकोटाले राष्ट्रिय यातायात महासंघका सर्कुलर अनुसार सेवा सञ्चालनका लागि व्यवसायीहरु तयारीमा लागेको बताए। उनले सकभर साउन ८ गते पछि विशेष सावधानी अपनाउँदै यातायात सेवा सञ्चालन हुनेमा आफू विश्वस्त रहेको जनाए।

जारी लकडाउनका कारण गाडीहरु नचलेपछि व्यवसायी मारमा परेका छन्। सरकारले सवारी पास उपलब्ध गराएर रातो नम्बर प्लेटको गाडी चल्न दिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

दिनेश खवर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved