पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ । मृत्यु हुनेको संख्या ४ छ । ७२६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितमा १०२८ जना पुरुष रहेका छन् भने महिलाको संख्या १४८ पुगेको छ । आइसोलेनसनमा ४४६ जना रहेका छन् ।
प्रदेशका ११ जिल्लामा सबै भन्दा बढी संक्रमित नवलपरासी पूर्वमा देखिएका छन् । जहाँ कुल २६३ जना संक्रमितमा पुरुष २३२ छन् भने महिला ३१ रहेका छन् । शनिबार साँझ सम्मको तथ्याङक अनुसार बाग्लुङमा कोरोना संक्रमितको संख्या २१५ पुगेको छ । जसमध्ये पुरुष १९७ छन् भने महिला १८ जना रहेका छन् । स्याङजामा संक्रमितको संख्या १८८ पुगेको छ । पुरुष १६५ जना र महिला २३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ ।
तनहुँ जिल्लामा कुल १५३ जनामा कोरोना पुष्टि हुँदा पुरुष १३६ र महिला १७ जना रहेका छन् । गोरखामा हालसम्म ९६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पुरुष ८३ जना र महिला १६ जना रहेका छन् । लमजुङ जिल्लामा ५५ पुरुष र ७ महिला गरी कुल ६२ जनामा कोरोना पुष्टि भएको जानकारी गराइएको छ ।
यस्तै, म्याग्दी जिल्लामा २४ जनामा कोरोना पोजेटिभ देखिँदा १९ जना पुरुष छन् भने ५ जना महिला रहेका छन् । पर्वत जिल्लामा ९१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ८० पुरुष रहेका छन् भने महिलाको संख्या ११ छ । कास्की जिल्लामा संक्रमितको संख्या ८२ पुगेको छ ।
पछिल्लो अपडेटअनुसार संंक्रमित मध्ये ५९ पुरुष र २३ जना महिला रहेका छन् । मुस्ताङ र मनाङमा भने एकएक जना पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved