चिनियाँ राजदुतको भेटले ओली हटाउन खोज्ने समुह कमजोर

  • असार २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । चिनियाँ राजदुत होउ यान्छीले सात दिनको फरकमा चारवटा महत्वपूर्ण भेट गरिन् । पहिलो भेट १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छ । त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीका ओलीविरोधी समुहका तीनजना मुख्य नेताहरुसँग भेटवार्ता गरिन् ।

२१ असारमा वरिष्ठ नेता माधवकुमार नेपाल, २३ असारमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र २५ असारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटले नेपाली राजनीतिमा ठुलो असर पार्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरु मथ्थर भए । राजदुत यान्छीले नेकपाभित्रको विवाद मिलाउन यसरी भुमिका खेलेको यो दोस्रो पटक हो । यसअघि पनि उनले यसरी नै सक्रियता देखाएर मथ्थर पारेकी थिइन् ।

madhav-nepal-with-chinese-ambassador-hou

नेकपाभित्र दुईपटक आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुत होउ याङ्कीको सक्रियता छरपष्ट भएको छ । यसले नेकपाभित्र चिनियाँ प्रभाव बढेको मात्र नभई नेपाली राजनीतिमा समेत उसको खुलेआम संलग्नता छर्लंङ्ग भएको छ । विगतमा भारतीय राजदुत यसरी नै दौडधुप गर्थे । अहिले चिनियाँ राजदुतको भुमिका त्यस्तै देखिन थालेको छ ।

jhanlnath-khanal-with-chinese-ambassador-hou
चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच सम्बन्ध गहिरिएको छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण हुनथालेको छ । उत्तरतर्फ उड्न टिकट काटिने आशामा नेकपा नेता कार्यकर्ता बस्न थालेका छन् । भारतबाट पश्चिम बँगालबाट स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा आठ दशकयता कम्युनिस्ट शासन भएको छिमेकी चीनको प्रभावलाई अर्थपूर्ण मानिएको छ ।
कुनैबेला विद्रोही बनेर सशस्त्र जनयुद्धमा लागेको नेकपा माओवादी भारतमा बढी सक्रिय थियो । उसका कतिपय नेताहरु भारतको शहरहरुमा बस्थे भन्ने खुलिसकेको छ । माओवादीको अवतरणको आधार बनेको १२ बुँदे समझदारी नयाँ दिल्लीमा भएको थियो । त्यसमा भारतको भुमिकाबारे विषय उठिरहने गर्छ । भारतले नेपालको राजनीतिमा व्यवस्था नै परिवर्तनका लागि ठुलो हस्तक्षेप गरेको बहस अहिलेसम्म भइरहने गर्छ । तर, परिवर्तित व्यवस्थापछि भने नेपालको मुख्य दलमा मात्र नभई सत्तामै चीनको प्रभाव बढेको देखिएको छ । यसबारे नेपालमा मात्र नभई भारतमा पनि चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved