अमेरिकाको फ्लोरिडाको अवस्था खराब, एकै दिन १५ हजार बढी संक्रमित थपिए

  • असार २९, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । अमेरिकामा कोरोना भाइरस महामारीको हालको इपिसेन्टरका रुपमा विकास हुँदै गएका राज्य मध्येको एक फ्लोरिडामा संक्रमण अति तीव्र गतिमा फैलिएको छ । फ्लोरिडामा एक दिन १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । फ्लोरिडामा पछिल्लो २४ घण्टामा १५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अमेरिकाका ५० राज्य मध्ये एकै दिन यतिधेरैको संख्यामा एउटै राज्यमा एकै दिन संक्रमित थपिएको यो पहिलो पटक हो । अमेरिकाको कुल जनसंख्याको सात प्रतिशत मात्रै जनसंख्या रहेको फ्लोरिडाले यसअघि क्यालिफोर्नियाको रेकर्डलाई पार गरेको हो ।

गएको मे देखि लकडाउन खुकुलो बनाएको फ्लोरिडामा अहिले संक्रमण निकै खराब बनेको छ। यसको प्रमुख कारण त्यहाँको पर्यटन व्यवसाय र पाको उमेरका व्यक्ति बढी हुनु रहेको बताइएको छ। फ्लोरिडाका ४० भन्दा बढी अस्पतालले आफ्नो सघन उपचार कक्ष भरिभराउ रहेको बताएका छन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सल्लाहकार वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले फ्लोरिडामा लकडाउन खुकुलो बनाइएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।विश्वमै कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कुल संक्रमितको संख्या ३३ लाख एक हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ ।

विश्वभर संक्रमितको संख्या एक करोड २८ लाख ६५ हजार भन्दा धेरै रहेको छ। त्यसमध्ये पाँच लाख ६८ हजारको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
डोल्पामा डा. सुनिल क ...

डोल्पा । नेपाली कांग्रेस नेता तथा गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष डा. सुनिल कुमार शर्मालाई डोल्पाम ...

कांग्रेस सुदूरपश्चिम ...

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषण ...

सुदूरपश्चिम रोयल्स ब ...

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved