दक्षिण अफ्रिकामा मदिराजन्य पदार्थको बिक्री बितरणमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण रोक्न मदिराजन्य पदार्थको बिक्री बितरणमा प्रतिबन्ध, सबैलाई मास्क लगाउन समेत अनिवार्य

  • असार २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । दक्षिण अफ्रिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न मदिरामा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो केही दिनयता संक्रमणको दर तीव्र भएपछि सरकारले नयाँ घोषणा गर्दै मदिराजन्य पदार्थको बिक्री बितरणमा पूर्ण रोक लगाएको हो ।

sauth africa

सरकारले गएरातीबाट कफ्र्यूसमेत घोषणा गर्दै सबैलाई मास्क लगाउन अनिवार्य गरेको छ । घर बाहिर निस्कदा कसैले मास्क नलगाए कडा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । राष्ट्रपति सिरिल रामफोसाले मदिरामा लगाएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने विश्वास व्यक्त गरे ।

sautha afrikak

दक्षिण अफ्रिकामा संक्रमितको संख्या करिब तीन लाख पुगेको छ भने चार हजार भन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी अध्ययनका अनुसार ५० हजार भन्दा बढीको मृत्यु हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved