घुस लिएको आरोपमा समातिए मुद्दा फाँटका प्रमुख ठाकुर

  • असार ३१, २०७७
  • कालापानी मिडिया
alt

मनोज माझी,सप्तरी । जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा सदरमुकाम राजविराजस्थित जिल्ला मालपोत कार्यालयका नायब सुब्बा मंगलबार समातिएका छन् ।

बिहान ११ः३० बजेतिर जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा मुद्दा फाँटका प्रशासन प्रमुख समेत रहेका नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका एक पदाधिकारीले भने, सेवाग्राहीसँग रकम माँग भएपछि अख्तियारलाई सूचना आएको हो, सोही आधारमा खटेको टोलीले ठाकुरलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो । उनलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पु¥याएको आयोगले जनाएको छ ।

पक्राउ परेका ठाकुरले भने आफू घुस नलिएको दाबी गरेका छन् । उनले आफूलाई फसाउन सुनियोजित ढंगले एक सेवाग्राहीले झ्यालमा पैसा राखेको र लगत्तै अख्तियारको टोलीले आएर घुस लिएको भन्दै आफूलाई नियन्त्रणमा लिएको बताएका छन् ।

यता समातिएका ठाकुरका बृद्ध पिता मिश्रिलाल र आमा नथुनीदेवीले आफ्नो छोरा निर्दोष रहेको र फसाइएको भन्दै उनलाई बचाइदिन प्रहरीसमक्ष पटक पटक आग्रह गरिरहेको मार्मिक दृश्य देखिएको थियो ।

छोरा पक्राउ परेको खबर पाएपछि विष्णुपुर गाउँपालिका ७ स्थित घरबाट कार्यालयमै आई पुगेका ठाकुरका बृद्ध आमा बुबालाई समाल्हन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved