९ लाख घुस सहित पक्राउ परे खोटाङ जलश्रोत तथा साना सिचाई कार्यालयका प्रमुख श्रेष्ठ

  • असार ३१, २०७७
  • कालापानी मिडिया
alt

बिकल रेग्मी,खोटाङ । जलश्रोत तथा साना सिंचाई डिभिजन कार्यालय खोटाङ्गका प्रमुख नारायणकाजी श्रोष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगलबार रङ्गेहात कार्यालयबाट प्रक्राउ गरेको छ ।

सेवाग्राहीबाट नौ लाख ३४ हजार घुस लिदै गरेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई कार्यकक्षबाटै अनुसन्धान टोलीले पक्राउ गरेको हो । घुस लिदै गरेको अबस्था कार्यकक्षबाटै श्रेष्ठको साथमा अन्य श्रोत नखुलेको रु ९९ हजार ५०० पनि जफत गरिएको बताइएको छ ।bb

कार्यालय प्रमुख श्रेष्ठ रङ्गेहात पक्राउ परेपछि जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ ।g

रङ्गेहात पक्राउ परेका कार्यालय प्रमुख श्रेष्ठलाई अख्तियारको केन्द्रीय टोलीले मङ्गलबार नै काठमाडौँ लगेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केन्द्रबाट आएको अख्तियारको टोलीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीले सुरक्षाको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved