प्रदीप आचार्य,बुटवल । करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
ठेक्का पठ्ठाको अनुमति पत्र (लाईसेन्स) बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस बापतको ९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जानकारी गराएको हो ।
ओलीलाई मंगलबार बिहान ११.०५ बजे उनकै कार्याकक्षबाट घुस रकम सहित पक्राउ गरि अनुसन्धान जारी राखिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved