इटहरीमा २६ गते दुर्गेश थापा र इन्दिरा जोशी आउदै

  • मंसिर १२, २०७६
  • कालापानी मिडिया
alt

इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मग्सिर २६ एकदिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् ।सहयोगका लागि यो कार्यक्रम गर्न लागेको यसै कार्यक्रमका संयोजक यम कुमार राईले बताए । माया घरमा सहयोग गर्ने,अनाथ तथा असाहयहरुका लागि न्यानो कपडा वितरण गर्ने सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन्।

नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिवल आयोजना गर्न लागेको यसै कार्यक्रमका सह संयोजक निकेश खतिवडाले बताए ।साथै यसै कार्यक्रममा रङ वे समेत रहेको यसै कार्यक्रमका सदस्य दिपक गिरिले जानकारी दिए ।यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा सोच खबर प्रा। लि।रहेको छ भने भने हस्पिटालिटीमा बगान होटेल रहेको छ । कार्यक्रम हुने स्थान राष्ट्र मा बि को खेल मैदान ।

अन्य कलाकारहरुमा सौरव भट्टराई ,सैलेश निरौला,हिडेंन टेम्पल ब्याण्ड ,प्रतिक अधिकारि आदि रहेका छन ।

77363616_2468767613411477_5836866009872465920_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved