नक्कली नोट सहित ३ जना पक्राउ

  • साउन ४, २०७७
  • कालापानी मिडिया
alt

श्रीकान्त गुप्ता,  बारा । जिल्ला प्रहरी कार्यालय बाराले  बाराले नक्कली नोट सहित ३ जना पक्राउ परेका छन ।

बाराको महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा लागु औषध खरिद बिक्रि र ओसार पसार कार्य भैरहेको विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नेपाली र भारतीय नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीन जनालाई खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट रु१००० को १४६५  थान, रु १०० को  ७४६  नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, र  ५०/- को ७०६ थान रुपैया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बारा का प्रबक्ता ले जनाएका छन् ।

पक्राउ पर्ने मा सिम्रौनगढ नगरपालिका वडा न ५ का मनोजकुमार साह ,आदर्शकोतवाल वडा न ६ का नरेन्द्रप्रसाद कुशवाहा र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का सुधिरकुमार कुशवाहा रहेका बारा का प्रहरी प्रमुख कृष्ण पगेनी ले बिश्वास एफ एम लाई जनाएका छन्

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved