बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल

  • श्रावण ५, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

उनले ३४ र ७५ औँ मिनेटमा गोल गरे । उनले यो सिजन ला लिगामा २५ गोल गरे, जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो ।

ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाए । उनले लगातार चौथो सिजन गोल्डेन बुट जितेका हुन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्।

आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले ३४ र ७५ औँ मिनेटमा गोल गरे । उनले यो सिजन ला लिगामा २५ गोल गरे, जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो ।

Lionel-Messi-won-his-seventh-La-Liga-golden-boot-1

ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाए । उनले लगातार चौथो सिजन गोल्डेन बुट जितेका हुन् । मेस्सीले यो सिजन २१ गोलका लागि सहयोग गरे ।

ला लिगामा सिजनको सर्वाधिक गोलकर्ताले ३० भन्दा कम गोल गरेको पछिल्लो १२ वर्षमा पहिलो पटक हो । १२ वर्ष पहिले मार्लोकाका डानिएल गुइजाले ३० भन्दा कम गोल गरेर गोल्डेन बुट जितेका थिए । मेस्सीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका हुन् ।

मेस्सीले सन् २००९–१० को सिजनमा ३४, २०११–१२ को सिजनमा ५०, २०१२–१३ को सिजनमा ४६, २०१६–१७ को सिजनमा ३७, २०१७–१८ को सिजनमा ३४ तथा २०१८–१९ को सिजनमा ३६ गोल गरेका थिए । गोल्डेन बुट जिते पनि मेस्सीलाई ला लिगा जित्न नपाएको पीडा छ।

उनले खेलपछि गोल्डेन बुटबारे सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ‘पिचिचि अवार्ड रु मेरा लागि यो भन्दा पनि लिगको उपाधि प्रमुख थियो । गएको वर्षजस्तै ला लिगा जित्न पाएको भए धेरै खुशी हुने थिएँ ।’ यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved