भदौ १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु

  • साउन ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम सुरु हुने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई विधिवत रुपमा अन्त्य गर्दै विद्यार्थी भर्नाको कार्यक्रम पनि सुचारु गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले सबै खाले विद्यालयहरुको भर्ना सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

यसबाहेक क्याम्पसतहका सबै परीक्षाहरु पनि सञ्चालन गरिने सकिने बताएको छ ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै चैत ११ गतेदेखि लकडाउन लागू हुँदा विभिन्न तहका परीक्षाहरु पनि सञ्चालन हुन सकेका थिएनन् । तर पढाइ सुरु गर्ने विषयमा भने कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved