नेपाली काँग्रेस र चौधौँ महाधिवेशन:-गोपालकृष्ण घिमिरे

  • साउन ११, २०७७
  • कालापानी मिडिया
alt

116000573_286076379330116_938063619727951912_n
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रीक पार्टि भएका नाताले नेपाली काँग्रेस पार्टिले आफ्ना हरेक कृयाकलाप पारदर्शि  र उत्तरदायि ढंगले गर्नु पर्दछ । आफ्नो ४ वर्षको कार्यकालको समाप्ती पछि थप गर्न पाउने १ वर्षको अवधि थप गरि सो अवधि समेत समाप्त हुने अवस्थामा, १४ औँ महाधिवेशनको चहलपहल शुरुवात भईसकेको र १३ औँ महाधिवेशन वाट निर्वाचित पदाधिकारीहरुको समायोजन प्रकृया लगभग अन्तिम अवस्थामा पुगिसकेको परिस्थितिमा नेपालि काँग्रेसका सभापतिले विधान बमोजिम आफु निर्वाचित भएको ६ महिना भित्र गरिसक्नु पर्ने पार्टिका विभिन्न विभागहरुको गठन कार्यलाई हाल आएर एकपक्षिय रुपमा अघि बढाउने कार्य गरेको व्यहोरा सर्वविदितै छ । यस्तो अवस्थामा सभापतिले गरेको उक्त कार्य गैरकानुनी भएको भनि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला र कोषाधक्ष सितादेवी यादवले संयुक्त हस्ताक्षर गरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति (आयोग) मा उजुरी गरेको अवस्था छ । १४ औँ महाधिवेशन घोषणा भइ कार्यतालिका समेत प्रकाशित भइसकेको तर विधिवत रुपमा निर्वाचन प्रकृया शुरुवात भई नसकेको परिप्रेक्षयमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका र आचार संहिता समेत निर्माण गरि नसकेको र नेपाली काँग्रेसको विधान र नियमावलीले यस विषयमा निर्वाचन समितिले निर्णय गर्न पाउने गरी व्यवस्था नगरेको हुनाले यस विषयले निर्वाचन समितिको ध्यान आकर्षण गरेको छ । १४ औँ महाधिवेशनलाई परिलक्षित गरि पार्टिका विभिन्न निकायहरुको समायोजन गर्ने कार्य अन्तीम चरणमा पुगेको अवस्थामा सभापतिद्वारा गरिएको उक्त विभिन्न विभाग गठन सम्बन्धी कार्य वैधानिक रुपमा के हुने भन्ने भन्दा पनि एउटा लोकतान्त्रीक पार्टिको प्रमुखले नैतिक रुपमा के गर्न मिल्ने वा के गर्न नमिल्ने भन्ने विषय विचारणिय वन्न पुग्दछ । अतः उक्त कृयाकलापले आगामि महाधिवेशनवाट हुने निर्वाचनलाई प्रभावित गर्दछ भन्ने विषयबस्तुलाई नैतिक रुपमा मनन् गरि यस्ता विषय लाई नेपाली काँग्रेस जस्तो लोकतान्त्रीक पार्टिका सभापतिले जिम्मेवार भई पारदार्शिता र उत्तरदायित्त्वको सिद्धान्तमा आधारित भई आपसी सहमतिमा सबैलाई समेट्नु हुनेछ र चौधौँ महाधिवेशनवाट हुने निर्वाचनलाई निश्पक्ष बनाउन सघाउ पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे (वरिष्ठ सदस्य, नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समिति (आयोग)  सँगको छलफलमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved