काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष,कमल थापाले राष्ट्रवादी शक्ति स्थापित गर्न एकता भएको राप्रपा अब कहिलै विभाजन नहुने बताएका छन् ।
शोमबार सामाजीक संजाल मार्फत अध्यक्ष थापाले देशमा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापितगर्ने उदेश्यका साथ एकताबद्ध भएको राप्रपा अब कहिल्यै विभाजित नहुने वताएका हुन् ।
उनले ट्विट गर्दै भनेका छन्, "सम्बर्द्धनवाद’को वैकल्पिक दर्शन बोकेर खडाभएको राप्रपाको एकता सुदृढ छ। देशमा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापितगर्ने उदेश्यका साथ एकताबद्ध भएको राप्रपा अब कहिल्यै विभाजित हुनेछैन । राप्रपाको संकल्प - ”सर्वसत्तावाद,धर्मपरिवर्तन र भ्रष्टाचार” मुक्त सम्बृद्ध नेपाल,"
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved