मध्यपहाडी पुष्पलाल लोकमार्गको पहिरोका कारण मालबाहक सवारी सधान अलपत्र

  • साउन १२, २०७७
  • कालापानी मिडिया
alt

मध्यपहाडी पुष्पलाल लोकमार्गको पहिरोका कारण मालबाहक सवारी सधान अलपत्र
बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् ।
गत मङ्गलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एकतर्फ खुलेको थियो । एकतर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुङ्गा, सिमेन्ट, रड लगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन् ।

मालबाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए । “भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दा समेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन ।” उनले भने “लोकमार्गले ठूला सवारी साधनलाई अलपत्रै बनाएको छ ।”

लोकमा पहिरो ठूलो भएको र दुईतर्फी सञ्चालनमा ल्याउँदा पुनः सडक अवरुद्ध हुने भएकाले एकतर्फीमात्रै सडक पुनः सञ्चालन भएको मध्यपहाडी पुष्पलाल लोकमार्गका प्राविधिक उज्जल शर्माले जानकारी दिए । साना सवारीका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैकल्पिक सडक पुनः सञ्चालन गर्न थाले पनि ठूला सवारी साधन बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी पुनः सञ्चालनका लागि ध्यान नदिँदा यात्रु तथा चालक रुष्ट बनेका छन् । स्थानीयवासीले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिँदा पनि सडक सञ्चालनमा आउन नसकेको बताएका छन् । लोकमार्ग सडकभन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने भएकाले लोकमार्गको माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीयन गीता रेग्मीले जानकारी दिए ।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पुर्याउन लोकमार्ग आयोजना कार्यालयलाई निर्देशन दिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए ।

लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा सयौँ यात्रुले सास्ती खेप्नुपरेको समयमा सडकमाथिबाट खसेको पहिरोले झनै समस्यामा पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved