राष्ट्रिय सभाको सदस्यमा हिमानी शाहलाई प्रस्ताव

  • श्रावण १५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा केही समयअघिबाट शाही परिवारकी हिमानी शाहलाई मनोनित गर्न लबिङ् हुन थालेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गरिने राष्ट्रिय सभाको उक्त कोटामा समाज सेवामार्फत मुलुकलाई योगदान गरेको आधारमा पूर्वयुवराज्ञी शाहलाई मनोनित गर्न लबिङ भइरहेको स्रोतले बताएको छ ।

यसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको स्रोतले उल्लेख गरेको छ । सुरुमा सरकारका तर्फबाटै यस्तो प्रस्ताब गएको स्रोतको दाबी छ । ‘हिमानीले के गर्छिन भन्ने उनको स्वतन्त्रताको कुरा भयो । तर उनले स्वीकृति दिइन भने राष्ट्रिय सभाको सदस्य बन्ने संभाबना प्रबल छ ।’ स्रोत भन्छ । मुलुकमा आज पनि राजसंस्थाप्रति भक्तिभाब देखाउने जनमत निकै ठूलो छ । राजसंस्थाको अन्त्यपछि यो जनमत असंगठित छ । राजाबादी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी बिभाजन हुदै छिन्न–भिन्नको अबस्थामा पुगेको छ । यस्तो अबस्थाको उक्त पार्टीले राजसंस्था समर्थित जनमतको कदर गर्न सकिरहेको छैन । समय–समयमा बिभिन्न बहानामा देखा पर्ने अभियानहरुमा यो जनमत प्रकट हुने गरेको छ । यही जनमतलाई संगठित गर्न ओली लालयित स्रोतले जनाएको छ ।

कतिसम्म भने पार्टीभित्रको संकटले ओलीको प्रधानमन्त्री पद धरापमा परेको समाचार बाहिरिएपछि यो समूह ओलीको समर्थनमा सडकसम्मै निस्किएर खबरदारी ग¥यो । यो समूहलाई सबै प्रकारले सहयोग गर्न र समान सहभागिता जनाउन बालुवाटारमा पनि दर्जनौ बैठक सम्पन्न भए । ओली सरकारको समर्थन जनाउनेहरुमा उनको समूहबाहेक राजसंस्थानिकट समूह नै सबभन्दा बढी सक्रिय रहेको सबैले प्रत्यक्ष अनुभब गरेका छन् ।

ओलीपक्षधरहरुले यिनीहरुसँग राष्ट्रबादको एजेण्डा लिएर नै छलफल गरिरहेको बताइएको छ । नेपालमा राष्ट्रबादी शक्ति र ब्यक्तिहरुलाई भारतले जहिले पनि दुःख दिने गरेको र सत्तासिन हुनबाट रोक्ने गरेको बिगत कोट्याउँदै अहिले पनि भारतले त्यही गरिरहेको भन्दै ओली पक्षधर नेताहरुले राजसंस्था पक्षधरहरुसँग सहानुभूति लिने प्रयास गरिरहेको स्रोतको भनाई छ । ‘राजसंस्था राष्ट्रबादी भएरै हट्नु परेको हो । अब पालो ओलीको आएको छ भनेर उनीहरुले कुराकानी अघि बढाइरहेका छन् ।’ स्रोत भन्छ ‘यसमा राजाबादीहरुको पनि सहमति देखिन्छ ।’

मुलुकमा राष्ट्रबादी शक्तिबिच एकता र सहमति हुनुपर्नेमा सरकारपक्षको जोड छ । ‘पार्टी, सिद्धान्त, बिचार राष्ट्रको तुलनामा गौण कुरा हो भनेर सरकारका नेताहरुको प्रस्ताबप्रति राजाबादीहरुको पूर्ण समर्थन र बिश्वास छ ।’ स्रोत भन्छ । यसरी राजसंस्थासँग निकटहरु अहिलेको ओली सरकारको समर्थक बन्न पुगेको स्रोतको दाबी छ । यति बिशाल समर्थक समूहप्रति गुण लगाउन सरकारले हिमानीलाई राष्ट्रिय सभामा लैजान चाहेको बताइएको छ । यो मुलुक र जनताको सेवा गर्ने ऐतिहासिक अबसर भएको कुरा राजाबादीहरुलाई सरकार पक्षको प्रस्ताब छ ।

शाह पूर्वयुवराज पारस शाहकी श्रीमती हुन् । राजसंस्थाको अन्त्यपछि हिमाली ट्रष्ट र राहत कोषको स्थापना गरी उनी सोही संस्थामार्फत सामाजिक कार्यमा सक्रिय छिन् । पति पारस शाहबाट अलग बस्दै आएकी उनीसँग एक छोरा र दुई छोरी साथमा रहेका छन् । उन्लाई समाज सेवामा सक्रिय बनाउने कार्यमा पूर्ब राजा ज्ञानेन्द्रको समेत साथ र सहयोग रहेको बताइएको छ । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।

ई–आर्थिक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved