कोरोनाबाट संक्रमित भइ आइसीयूमा भर्ना हुनेको संख्या बढ्न थाल्यो, खतराको संकेत

  • श्रावण १६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कोभिड-१९ बाट संक्रमित भई आइसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ । केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगैं आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो ।

हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिराखिएको छ, इपिडिमियोलोजी तथा भाइरोलोजिस्ट डा। वासुदेव पाण्डेले भन्नुभयो, ‘केही दिनअघिसम्म ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन, हाल त्यो अवस्थामा परिवर्तन भइएसकेको छ । यो खतराको संकेत हो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, पाटन अस्पतालमा २ जना गरी उपत्यकामा ११ जना आईसीयूमा छन् ।

थप एक जना भेन्टिलेटरमा समेत छन् । यस्तै, धुलिखेल अस्पतालमा एक जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । देशभर २२ जना आइसीयूमा रहेको डा। अधिकारीले जानकारी दिए ।

बुधबार मृतयु भएका तीनै संक्रमित आइसीयूमा उपचाररत थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved