वीरगञ्जमा शनिबार कोभिड-१९ बाट दुई जनाको मृत्यु

  • साउन १८, २०७७
  • कालापानी मिडिया
alt

वीरगञ्ज । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेको पाइएको डा। निरज सिंहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपनि उनलाई १४ गते भवानी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिएपछि नारायणी बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । आरडीटी परीक्षण रिपोर्ट माग्यो ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गएर आरडीटी गराउँदा रिपोर्ट नेगेटिभ आएपछि राति १ बजेतिर भर्ना लिएको मृतकको कान्छो छोराले बताए ।
‘अक्सिजन छैन भनेर भर्ना गर्न मानिरहेको थिएन, आमालाई सास फेर्न गाह्रो भइरहेको थियो’ उनले भने ‘बल्लबल्ल आरडीटी रिपोर्ट ल्याउनु अनि भर्ना गर्छु भनेपछि १५ सय तिरेर आरडीटी गराएँ । त्यसपछि आईसीयुमा राख्यो । त खानेकुरा नै दिइएन ।’

बयोधामा आईसीयू चार्ज, औषधी उपचारमा गरेर ८० हजार खर्च गर्दा पनि आमालाई बचाउन नसकेको उनले बताए । ‘अहिले त अस्पतालमा विरामीलाई उपचार गराउन निकै गाह्रो रहेछ । आमालाई लैजाँदा अस्पतालको व्यवहार देखेर दिक्क लाग्यो’ उनले भने ।

यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०/१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

ट्राभल हिस्ट्री भएका वृद्धको मृत्यु

यसैबीच वीरगञ्ज-१६ नगवा गणेश टोलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बारा घर भई वीरगञ्जमा बस्दै आएका ६५ बर्षीय विद्यासागर जयसवालको मृत भेटिएका हुन् ।

बिजुलीको मिस्त्रीको काम गर्दै आएका उनी एक महिना अघि दिल्लीबाट आएका थिए । घरको ढोका खुल्लै देखेर छिमेकीले हेर्दा सुत्ने कोठाको भुँईमा मृत अवस्थामा भेटिएका थिए ।

स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । ‘दिल्ली ट्राभल हिस्ट्री भएको जानकारी आएको छ, त्यसैले कोरोनाबाट मृत्यु भएको आशंकामा स्वाब संकलन गरिएको छ’ उनले भने, ‘प्रहरीले पाि अनुसन्धान गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved