बाग्लुङमा बन्यो संसारकै लामो झोलुङ्गे पुल

  • श्रावण १८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झोलुङ्गे पुल निर्माण गरिएसँगै संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा दर्ता गराउने तयारी थालिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लम्बाइको छ ।

बाग्लुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक तथ्याङ्क जाँचका लागि तथ्याङ्क विभागमा पठाइइएको जानकारी दिए । अहिलेसम्म स्वीट्जरल्याण्डमा रहेको सिङ्गल स्पानको ४ सय ९७ मिटर लामो पुल रेकर्डमा छ । बाग्लुङ र पर्वत जोड्ने पुलले गिनिज बुकमा दर्ता पाउनासाथ पुरानो रेकर्डलाई तोड्दै सबैभन्दा लामो पुलको मान्यता पाउनेछ । नाप जाँच तथा प्राविधिक मुल्यांकन लगायतका काम भइरहेको र सबै प्रक्रिया पूरा भएपछि गिनिज बुक रेकर्डमा दर्ता गराउनका लागि मन्त्रालयमार्फत पत्र पठाइने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

थानी र विएलटिरहिमशिखर जेभीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो पुल बनाउन ९ करोड २५ लाख लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाले जानकारी दिएको छ । सबैभन्दा लामो यो झलुङ्गे पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको छ । वि।सं।२०७५ चैतमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरी यो पुलको निर्माण शुरु भएको थियो । पुल निर्माणकका केही कामहरु बाँकी रहे पनि मानिसहरुको आवतजावत सहज बनाउन खुला गरिदिएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको औपचारिक रुपमा हस्तान्तरण गर्न भने बाँकी रहेको छ । पुल निर्माण भएसँगै बागलुङ बजारबाट अब १५ मिनेट पैदल दुरीमा नै पर्वतको कुश्मा नगरपालिका– १ पाङ पुग्न सकिनेछ । पुल नहुँदा घुमाउरो बाटोबाट झण्डै डेढ घण्टा पैदल हिड्नुपर्ने बाध्यता थियो । निर्माण कम्पनीका अनुसार ८५ मेट्रिक टन क्षमताको यो पुलको लाइफलाइन ५० वर्ष रहेकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved