के भइरहेको छ हल्दिबारी घट्ना

  • साउन २०, २०७७
  • कालापानी मिडिया
alt

झापा । हल्दिबारी गाउँपालिकाको गाउँसभाका क्रममा विवाद भएको करिव डेढ महिना भइसक्यो । बाटो नामाकरणका विषयमा बढेको विवादले असार १० गतेको गाउँसभा बिथोल्ने काम मात्र गरेन, गाउँपालिका कार्यालयमा तोडफोड समेत भयो । त्यही घटनाका कारण गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच पानी बाराबारको स्थिति सिर्जना भयो । एकअर्काबीच आरोपप्रत्यारोपको दोहोरी लामै चल्यो । तर, अहिले त्यो स्थिति छैन ।

दुवैजनाबीच बोलचाल खुलिसकेको छ । विवादलाई साम्य बनाउने विषयमा पटकपटक छलफल गरिसकेका छन् । त्यति हुँदा समेत सर्वसाधारण जनताको सेवासुविधामा असर नगर्ने गरी गाउँपालिकाको कामकाज अगाडि बढाउन सकेका छैनन् । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम बमोजिमका नयाँ आर्थिक वर्षका कामकाज रोकिएका छन् ।

दुवै पक्षबीचको सम्बन्ध सामान्य बनिसकेपछि गाउँपालिका उपाध्यक्ष गिरीसहितका २३ जना जनप्रतिनिधिहरुले सातौं गाउँसभाको दोस्रो बैठक बोलाउन साउन १२ गते माग गरेका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई लिखित निवेदन बुझाउँदै गाउँसभाको दोस्रो बैठक बोलाउन माग गरेका हुन् । तर, एक साता बितिसक्दा पनि अध्यक्ष लिङदेनले गाउँसभाको बैठक बोलाएका छैनन् ।

अध्यक्ष लिङदेनले बैठक नबोलाएपछि उपाध्यक्ष गिरीले आफैले बैठक बोलाउने भएका छन् । ‘हामीले लिखित निवेदन दिएर बैठकको माग गरेको ८ दिन भइसक्यो , अध्यक्षले वास्ता गर्नु भएन’ गिरीले भने,‘भोलि बुधबार म आफैले कार्यपालिकाको बैठक बोलाउँदै छु ।

’गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २३ जनाले गाउँपालिकाको दोस्रो बैठकको माग गरेका हुन् । गाउँसभा सम्पन्न नहुँदा जनताका कामकाज र विकास निर्माण रोकिएको उनले बताए । उता अध्यक्ष लिङदेनले गाउँसभाको पहिलो बैठकको अप्ठ्याराहरु नमिलाइकन अर्को बैठक डाक्न गाह्रो भएको बताए ।

उनले आफूले उद्घाटन गरेको गाउँसभाको पहिलो बैठकलाई उपाध्यक्ष गिरीले बजेट, नीति तथा कार्यक्रम पारित गराएर समापन गर्दा कानुनी रुपमा जटिलता उत्पन्न भएकाले त्यसलाई नमिलाइकन अर्को बैठक बोलाउन नसकिने स्पष्ट पारेका छन् । यसबाट हल्दिबारी गाउँपालिकाको विवाद तत्कालै समाधान नहुने देखिएको छ ।

प्रतिदिन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved