विराटनगर । विराटनगरका १३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ।
पाँच महिला र आठ पुरुष गरेर बुधबारराति १३ जना नयाँ संक्रमित थपिएका हुन्।
महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार कोशी अस्पतालको प्रयोगशालमा गराएको स्वाब परीक्षण रिपोर्ट बुधबार राति प्राप्त भएको हो।
कार्कीका अनुसार रिपोर्ट पोजिटिभ देखिएका नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved