गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् ।

बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।

गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा नम्बर खुलेको छैन ।

यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved