कोरोना संक्रमित प्रदेश २ का कानुन मन्त्री यादवले ६ दिन अगाडी प्रधानमन्त्रीलाई भेटेका थिए

  • श्रावण २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण देखिएको छ । उनी छ दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर फर्केका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रदेश प्रहरी कानुनसम्बन्धी बैठकमा सहभागी हुन उनी साउन १५ गते काठमाडौँ आएका थिए । बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाका अतिरिक्ति सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी थिए । यस्तै गृहमन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए ।

बैठकमा प्रदेश प्रहरी गठनसम्बन्धी कानुनका विषयमा छलफल भएको थियो । बैठक सकिएपछि प्रधानमन्त्री ओली र गृहमन्त्री थापासँग यादवसहित सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा अन्य अधिकारीहरुले सामूहिक तस्बिरसमेत खिचाएका थिए ।

मन्त्री यादव साउन १६ गते उक्त बैठकमा सहभागी भइ साउन १८ गते प्रदेश २ को राजधानी जनकपुर फर्केका थिए । उनले कोरोना परीक्षणका लागि साउन १९ गते स्वाब दिएका थिए । उनको स्वाबलाई पीसीआर विधिबाट साउन २१ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो ।

उनले स्वयम् आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै सार्वजनिक गरेका थिए । उनको स्वास्थ्यअवस्था सामान्य छ र आफूलाई निवासमै क्वारेन्टाइनमा बसेका छन् । मन्त्री यादवलाई कोरोना देखिएपछि बालुवाटार बैठकमा सहभागी भएका नेतृत्व तथा अन्य अधिकारीलाई पनि सशङ्कित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved