सिरहामा कोरोना संक्रमित २१ वर्षिय युवाको मृत्यु

  • साउन २३, २०७७
  • कालापानी मिडिया
alt

मुकेश यादव, सिररा । सिरहामा एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो।

उनी मृगौलाका बिरामी भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनमा केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रजिअ अधिकारीले बताए। उनका अनुसार मृतकको शव आज गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved