कोरोनाका कारण महिला भन्दा ८४ प्रतिशत बढि पुरुष संक्रमित

  • साउन २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved