बाकेमा मात्रै पछिल्लो २४ घण्टामा ४८ जनाका कोरोना संक्रमण

  • साउन २६, २०७७
  • कालापानी मिडिया
alt

नेपालगञ्ज । बाँकेमा कोरोेना भाइरस संक्रमण तीव्र रुपमा फैलँदै गएको छ। पछिल्लो २४ घण्टामा थप ४८ जनामा संक्रमण देखिएको छ।

पछिल्ला चार दिनमा १४५ जनामा कोरोना संक्रमण देखिएपछि शहरी क्षेत्र सिल गरिएको छ। संक्रमण तीव्र गतिमा फैलिएपछि साउन १८ देखि लगाइएको निषेधाज्ञालाई थप तीन दिन बढाएर २७ गतेसम्म पु¥याइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

प्रहरी कार्यालयमा कार्यरत ३६ जना प्रहरीमा संक्रमण देखिएको छ। त्यसै गरी नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरेर १३ जनामा संक्रमण देखिएको छ।

आन्तरिक राजस्व कार्यालयमा १२, जिल्ला अदालतमा सात, कारागार, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच, नेपाली सेनाको कौशिल्या नगर ब्यारेकमा नौ, कारागार शाखा बाँकेका छजना कैदीबन्दीमा पनि संक्रमण देखिएको छ। बाँकेमा ६४४ जना संक्रमितको पहिचान भएको छ।

पहिचान भएका संक्रमितमध्ये २१४ जनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको छ । २ जनाको मृत्यु भएको र ४१ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved