बाजुरमा बाढीले बगाउँदा एक जना बेपत्ता,दर्जनौ घर तथा भोलुङगेपुल बगायो

  • साउन २६, २०७७
  • कालापानी मिडिया
alt

बाजुरा । शनिबार रातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बाजुरामा ठुलो क्षती पुगेको छ।

बुढीगंगा नदीमा आएको बाढीले जिल्लाको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठुलो क्षती पुगेको स्थानीय प्रशासनले जनाएको हो।

क्षतीको एकिन तथ्यांक संकलन नभएपनि प्रारम्भीक जानकारी अनुसार बाढीले बगाउँदा एकजना वेपत्ता भएका छन् भने दर्जन बढि घर र झोलुङ्गे पुल बगाएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।

बुढिगंगा नदीको बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका दुईका वडा अध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएको प्रजिअ गैह्रेले बताए।

उनले बाढीले जिल्लाका घागर, भौनेरा, राप्का लगायतका क्षेत्रमा दर्जन बढि घर बगाएको प्रारम्भीक जानकारी प्राप्त भएपनि क्षतीको विवरण संकलन गर्ने काम भईरहेको जानकारी दिए।

घर भित्र रहेका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको बताउँदै प्रजिअ गैह्रैले उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भईसकेको बताए।

यस्तै बाढीले साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमाथि बनाएको बेलिबिज्र समेत बाढीले बगाएको छ। बाजुरामा धेरै वर्षपछि बुढिगंगा नदीमा ठुलो बाढी आएको हो।

अहिले पनि वर्षा भईरहेकाले उद्दारमा कठिनाई हुने देखिएको छ। तर उद्दारका लागि हिडेको तीनवटै सुरक्षा निकायको टोली सदरमुकाम नजिकैको सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved