बारा र पर्सामा थप ७० जना कोरोना संक्रमित

  • साउन २७, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह, वीरगञ्ज । पर्सा र बारा गरि थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षण गर्दा २२ जना महिला र ४८ जना पुरुष गरि ७० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा पर्साका ६५ जना र बाराका ५ जनासहित ७० जना रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा। मदन उपाध्यायले जानकारी दिए। उनको अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेका छन्।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका १ जना रहेका छन भने बारा निजगढका एक जान शस्त्र प्रहरीमा पनि संक्रमित पुष्टि भएको छ। थपिएको संक्रमितमध्ये नारायणी अस्पतालको क्वारेन्टाइनमा रहेका ५ वर्षीया बालिकासहित ३ जना , वीरगञ्ज माईस्थानका ३ जना र वीरगञ्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना रहेको छन् ।

पुष्टि हुनेमा नेशनल मेडिकल कलेजका २ जना डाक्टर पनि हो । त्यसैगरी संक्रमित हुनेमा धेरै जसो वीरगञ्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने पर्साको धोबिनी गाउँपालिका ३ का १ जना र जगरनाथपुर गाउँपालिकाक २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved