एकैदिन २ लाख ५६ हजार २ सय ७६ कोरोना संक्रमित,मृतकको संख्या ७ लाख ४४ हजार ५सय पुग्यो

  • साउन २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वमा मंगलबार एकैदिन दुई लाख ५६ हजार १७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । हाल विश्वमा दुई करोड ५ लाख भन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।

मृतकको संख्या ७ लाख ४४ हजार ५ सय भन्दा बढी पुगेको छ । मंगलबार मात्रै ६ हजार २ सय भन्दा बढी को ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ५३ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । मंगलबार ५२ हजार ९१७ जना थपिएका छन् ।

मृतकको संख्या अमेरिकामा १ लाख ६७ हजार ९१७ पुगेको छ । मंगलबार १ हजार ३९४ जनाको ज्यान गएको छ ।

दोस्रो स्थानको ब्रजिलमा ३१ लाख १२ हजार ३९३ जना संक्रमित पुगेका छन् । मंगलबार ५४ हजार ९२३ जना संक्रमित थपिएका छन् ।

मृतकको संख्या १ लाख ३ हजार ९९ पुगेको छ । मंगलबार १ हजार २४२ जनाको ज्यान गएको छ ।

तेस्रो स्थानको भारतमा एकैदिन सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार भारतमा ६१ हजार २५२ जना संक्रमित थपिएका हुन् । यो संख्या मंगलबार विश्वमै सबैभन्दा बढी हो ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २८ हजार ४०५ जना संक्रमित भएका छन् । अहिले ६ लाख ४३ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या एकै दिन मंगलबार सबैभन्दा बढी रह्यो । ५६ हजार ४६१ जनालाई निको भएको छ ।

मंगलबार ८३५ जनाको ज्यान गयो । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ हजार १८८ जनाको ज्यान गएको छ ।

चौथो स्थानको रुसमा संक्रमितको संख्या ८ लाख ९७ हजार ५९९ पुगेको छ । मंगलबार ४ हजार र९४५ जना संक्रमित थपिएका छन् ।

मृतकको संख्या १५ हजार १३१ पुगेको छ । मंगलबार १३० को ज्यान गएको थियो ।

पाँचौं स्थानको दक्षिण अफ्रिकामा २ हजार ५११ नयाँ संक्रमित थपिएर ५ लाख ६६ हजार १०९ जना संक्रमित पुगेका छन् । मंगलबार १३० थपिएर मृतक १० हजार ७५१ पुगेका छन् ।

छैटौं स्थानको मेक्सिकोमा ५ हजार ५५८ जना संक्रमित थपिएर ४ लाख ८५ ८३६ जना संक्रमित पुगेका छन् । ७०५ जना मृतक थपिएर ५३ हजार ३ पुगेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved