उपचार नपाएर ज्यान गुमाउनु दुखद घटना-राजेन्द्र ,लिंदेन

  • साउन २८, २०७७
  • कालापानी मिडिया
alt

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता राजेन्द्र लिङदेनले मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका किशोर सुनारले उपचार नपाएर ज्यान गुमाउनु परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सामाजीक संजाल मार्फत अस्पताल चहार्दा चहार्दै सुनारले ज्यान गुमाउनु परेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीको समेत ध्यानाकर्षण गराएका हुन् ।

"उनले सामाजीक संजालमा लेदेका छन्, @PM_Nepalझापामा फुटबल खेल्दा घाईते भएका किशोर सुनारको उपचारका लागि अस्पताल चाहर्दा चाहर्दै ज्यान गयो। यो त प्रतिनिधि घटना मात्र हो। अस्पतालहरूमा भर्ना र उपचार नपाएर ज्यान गुमाउनेको संख्या कोरोनाका कारण ज्यान गुमाउनेहरूको भन्दा ठूलो छ। अस्पतालहरूको लापर्वाही कोरोना भन्दा खतरा भो ।,

rrr

मंगलबार बिहान कनकाई नगरपालिका ५ का १७ वर्षिय किशोर सुनारको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको थियो। उनि केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका थिए। घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उनी झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पताल उपचारका लागि पुगे ।

त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो। कोरोना भाइरस सङ्क्रमणको शंका गरेर बिएण्डसी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो।
त्यहाँ उपचार संभव नभएपछि विर्तामोडकै कनकाई अस्पतालमा उपचारका लागि गए। त्यहाँ पनि पिसिआर रिपोर्ट मागे। त्यहाँ पनि सुनारको उपचार संभव भएन।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे। मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो। तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भ्यान्टिलेटर सहितको सघन उपचार चाहियो।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भ्यान्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पतालमा सुनारलाई रेफर गरियो। त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे। त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु गरिएको भएपनि अन्ततः उनको मृत्यु भएको थियो ।

उनको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ। मेची अस्पताल भद्रपुरका चिकित्सक डा.गोविन्द कँडेलका अनुसार मंगलबार साँझ आएको सुनारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved