इटहरी , विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थाथ कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सबैको चासो बढ्दो देखिएको छ ।
कोरोना भाइसको सबैभन्दा बढि जोखिममा अधिकांश सहकारी , वितीय संस्था ,नेपाल प्रहरी सुरक्षाकर्मी पर्ने भएकाले इटहरीमा गुणास्तरीय स्वास्थ्य सेवा दिँदै आइरहेको विपी मेडिकोले इटहरीका अधिकांश संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको हो । विपी मेडिको सञ्चालक गणेश नेपालले इटहरीमा कोरोनाको महामारीमा जनताको सेवाका लागि भन्दै आफूले सानो सहयोग गरेको बताए । उनले आवश्यक परेमा स्थानियलाई पनि स्वास्थ्य सामग्री वितरण गर्ने बताएका छन् । यस्ता महामारिको समयमा आफुले आफ्नो ठाउँबाट सकेको सहयोग गरेमा कोरोना बिरुद्धको लडाई हामि सफल हुने कुरा पनि नेपालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved