रविना पौडेल, चितवन । चितवनका २० जनासहित थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको ५०० वटा परीक्षणमा चितवनको २० जना सहित थप ३० जना मा कोरोना पुष्टि भएको हो।
चितवनका २० जनामध्य भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगर नगरपालपकाको१ जना रहेका छन्। यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनमा सबैभन्दा धेरै मंगलबार राति भरतपुर महानगरपालिकामा संक्रमित थपिएका छन् ।
भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनबाट भरतपुरका ५ पुरुष र ७ महिलागरि १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् । उनीहरु भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् ।
यस्तै खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना मंगलबार विहान निधन भएकी १०९ वर्षीया वद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिलामा हुन् । राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो । यसैगरि भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट गरिएको स्वाब संकलनमा पूर्वी नवलपरासी (नवलपुर)का ३ पुरुष र दुई महिनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनमा महोत्तरीका १जना पुरुष, बाग्गेश्वरी डाइग्नोस्टिक ल्याबबाट गरिएको स्वाब संकलनमा बाँकेकी १ जना महिला, चितवन मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा तनहुँका १ जना पुरुष, मकवानपुर हेटौंडा–१९ की १ जना महिला र बाराका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved