भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिए

  • भदौ ३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा विश्वभर थपिएका कोरोना संक्रमित मध्ये भारतमा सबैभन्दा धेरै थपिएका हुन्। त्यहाँ संक्रमण पुष्टि हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ।

अघिल्लो दिन ५४ हजारमा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा ६५ हजार संक्रमित थपिएका छन्। एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। भारतमा हालसम्म कुल संक्रमितको संख्या २७ लाख ६६ हजार ६ सय पुग्दा २० लाख ३६ हजार ७ सय मानिस उपचारपछि निको भएका छन्।

त्यहाँ कोरोनाका कारण ५३ हजार मानिसको मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा ४८ हजार ६ सय कोरोना संक्रमित थपिँदा १ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ४१ हजार पाँच सय संक्रमित थपिएका छन् भने १ हजार २ सय ३५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved