आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

  • भदौ १३, २०७७
  • कालापानी मिडिया
alt

सुर्खेत । काठमाडौंस्थित आदिम कलेजले छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस(कोभिड–१९)का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।

कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिए । ‘कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको हो’ प्रिन्सिपल शर्माले भने ।

सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईनेछ । ‘हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं’ दाहालले भने, ‘यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, हामीले अभिभावकहरुको समस्या पनि बुझ्नुपर्दछ ।’

कलेजले विद्यालय तहमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा स्नातक तहमा बीसीए, बीएससी लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो कलेज काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved