धरानमा कोरोना संक्रमित ८३ सैनिक क्वारेनटाइनमा बसेकाहरू भएको पूर्वी पृतना मुख्यालयको भनाई, स्थानीयलाई त्रसित नहुन आग्रह

  • भदौ २२, २०७७
  • कालापानी मिडिया
alt

धरान । धरान १३ को फुस्रे स्थित सैनिक क्याम्पबाट कोरोना परीक्षण गरी कोरोना संक्रमित भएका सैनिकहरू फुस्रे ब्यारेकको नभई सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेनटिनमा रहेका सैनिकहरू रहेको सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले जनाएको छ ।

मुख्यालयका अनुसार विभिन्न मिति र समयमा अहिले सम्म ८३ जना सैनिकमा कोरोना सङ्क्रमण भएको जनाएको छ । सैनिक ब्यारेकमा धेरै सैनिकमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि स्थानीयलाई त्रास सिर्जना भएकोले मुख्यालयले संक्रमित सैनिकहरू क्वारेनटाइनका रहेकाले त्रसित नहुन भनेको छ ।

सेनाको पूर्वी पृतना मुख्यालय अन्तरगत भदौ ११ गते ११ जना, भदौ १७ गते १२ जना, भदौ १८ गते १ जना र भदौ २० गते ५९ जना गरी ८३ जना सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू शान्ति सेना गएर आएका, बिदा, तालिम, सरुवा तथा अन्य कामको सिलसिलामा विभिन्न युनिटबाट आएका सैनिक र उनीहरूको परिवारका लागि सञ्चालन गरेको धरानको फुस्रे स्थित क्वारेनटाइनमा रहेका सैनिकमा सङ्क्रमण देखिएको हो । क्वारेनटाइनमा रहेका ९९ जनाको पिसिआर परीक्षण गर्दा ८३ जनामा पोजेटिभ देखिएको मुख्यालयले जनाएको छ । त्यहाँ रहेका बाँकी १६ जना सैनिकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

पूर्वी पृतना मुख्यालयका अनुसार स्वदेश र विदेशका विभिन्न स्थानबाट प्रदेश नम्बर १ का विभिन्न युनिटका लागि आएका सैनिकहरूलाई धरानको क्वारेनटाइनमा राख्ने गरिएको छ । एक जना महिला सैनिकको बच्चा सहित संक्रमित भएका ८३ जना सैनिकलाई पूर्वी पृतना मुख्यालयद्वारा मोरङको याङ्गशिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा व्यवस्थित रूपमा सञ्चालित आइसोलेसन सेन्टरमा पठाइएको मुख्यालयले जनाएको छ ।

धरानको सैनिक क्वारेनटाइनमा रहेका संक्रमित वा अन्य व्यक्तिहरू यहाँ आएपछि बाहिरी व्यक्ति, समुदाय वा अन्य सैनिक ब्यारेकसँग सम्पर्क हुन नपाएकोले यसबाट समुदायमा सङ्क्रमण नफैलिएको र समुदाय त्रसित नहुन पनि पृतना मुख्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved