पाल्पामा एकै दिन थपिए २८ जनामा कोरोना संक्रमित

  • भदौ २५, २०७७
  • कालापानी मिडिया
alt

मुक्ति न्यौपाने,पाल्पा । एकै दिन पाल्पामा २८ जनामा कोरोना संक्रमत थपिएका छन् । उनीहरू मध्ये रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन बजार क्षेत्रका हुन् । जसमा ४ जना वडा अध्यक्ष र वडा सदस्यहरू रहेका छन् ।
यस्तै तानसेन हस्पिटलहरूबाट स्वाव लिइएका ३ जना बिरामीमा पनि कोरोना देखिएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् । तानसेनका सङक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी ८ जना ट्राभल हिस्टी नभएका सङक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

जसमध्ये एक जना वडा नं.८ को कोरोनाबाट मृत्यु भएकी महिलाको श्रीमान् समेत रहेका छन् । रम्भाको वडा न.३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो । तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् । हस्पिटलबाट लिएको स्वावमा कोरोना पोजेटिभ देखिनेमा एक महिला र एक पुरूष रहेका छन् ।

तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । बुधबार बिहान दुई जना तानसेन ८ मा एक जना र पूर्बखोला गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

बुधबार थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४० पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved