नेकपा स्थायी कमिटि बैठक आज बस्दै

  • भदौ २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पार्टीभित्रको विवादका कारण साउन १३ गतेखि अनिश्चित भएको नेकपा स्थायी कमिटि बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुदैछ। दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री हुने,अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने,पार्टी एकताको काम एक महिनाभित्र सक्ने,महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने रहेको छ।

त्यस्तै मापदण्ड बनाएर संघीय र प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्ने, सीमा समस्या सुल्झाउन कुटनीतिक संवाद गर्ने,शान्ति प्रक्रियाका बाँकी काम १ वर्षभित्र सक्ने,एमसीसी परियोजनाको सम्झौता परिमार्जनसहित पारित गर्ने,कोभिड(१९ महामारीको रोकथाम,नियन्त्रण,उपचार र आर्थिक पुनरुत्थान गर्ने लगायत रहेका छन्।
पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा दुई अध्यक्षले राजनीतिक प्रस्ताव तयार परेका हुन्। गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले भदौं ६ गते २ अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

भदौं १८ गतेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश भएको थियो। विवादकै कारण असार १० गतेदेखि सुरू भएको स्थायी कमिटि बैठकमा राजनीतिक प्रस्ताव समेत पेश हुन सकेको थिएन। राजनीतिक प्रस्तावमा दुई अध्यक्षबिच सहमति नभएपछि स्थायी कमिटि बैठकमा छलफलका एजेण्डा पेश भएका थिए।तिनै एजेण्डाका आधारमा अहिलेको राजनीतिक प्रतिवेदन तयार भएको हो। कोरोना महामारीको प्रकोप भएकाले बैठकलाई धेरै नलम्ब्याउने दुई अध्यक्षको तयारी छ।

माधव नेपालले गर्ने आलोचना
नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।

यस्तै कतिपय वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन्। उनले पार्टी एकताको ५ महिनायता निरन्तर उठाउँदै आएको पार्टी विद्यमानको धारा ४६ (क)मा उल्लिखित व्यवस्थाअनुसार एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा समेटिन नसकेको भन्दै त्यसमा आलोचनात्मक टिप्पणी राख्न लागेका हुन्। उनले यसको बारेमा अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार नै भेट गरी जानकारी गराइसकेका छन् भने साँझ आफू निकट केही स्थायी समिति सदस्यसँग पनि अलग्गै परामर्श गरेका छन्।

ओली र दाहालले गत वैशाखयता पार्टीभित्र चर्किंदै आएको विवाद समाधानका लागि सुझाव दिने गरी गत साउन ३० मा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल निकट दुई÷दुई नेता सम्मिलित समस्या समाधान सुझाव कार्यदल गठन गरेका थिए। त्यही कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनमा सचिवालय सदस्यले दिएका सुझावसम्मलाई केही समेटेर बुधबार दुई अध्यक्षले स्थायी समिति बैठक मैजारो गर्ने गरी १५ पृष्ठ लामो साझा प्रस्ताव बनाएका थिए। त्यसमा नेपालले आफूले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीका विषय नसमेटिएको लगायत कतिपय विषय अस्पष्ट र अमूर्त रहेको भन्दै मौखिक रूपमै आलोचनात्मक टिप्पणी गर्ने तयारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved