कोरोना भाइरस महामारीः फेल भयो निषेधाज्ञा, संक्रमण र मृत्युदर झन् बढ्यो

  • असोज १, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ।

काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी कामकाजी व्यक्ति संक्रमित भइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार भदौ पहिलो साता मुलुकभर संक्रमित थपिने क्रम दिनहुँ औसत ७ सय ५३ हाराहारी थियो। भदौ अन्तिम साता हरेक दिन १ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन्। भदौको अन्तिम दिन बुधबार मुलुकभर १ हजार ५ सय ३९ जनामा कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिन संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो।

त्यस्तै, मृत्युदर पनि उच्च छ। भदौ १ देखि १५ गतेसम्म कोरोनाबाट १ सय २४ जनाको मृत्यु भएको थियो। भदौ १६ गतेयता मृत्युदर झन् बढेको छ। भदौ १९ र २२ गते दुई दिनमा २८ जनाको ज्यान गयो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भदौ ३१ गते ८ जनाको ज्यान गएको जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए। अहिले मृत्युदर ०।६ प्रतिशत छ। सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए। तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन्। दिनहुँ सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिन थालेका छन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved