आरोहण शाह,वीरगन्ज । वीरगन्जको नारायणी प्रयोगशालामा पर्साका १४ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार राति गरिएको पिसिआर परीक्षणमा बारा, पर्सा र रौतहटका गरि २४ जनामा कोरोना पुष्टि भएको हो । पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट कुल २ सय ८८ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा ६ महिला र १८ जना पुरुष गरि २४ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए । पर्साका १४ ,बारामा ६ र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिन अक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा दुईजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित हुनेमा १४ वर्षीदेखि ६६ वर्ष उमेर समूहका रहेका छन् । पर्सामा थपिएका संक्रमितमध्ये कलिकामाई गाउँपालिका वडा नं.१ का ५ जना रहेका छन भने पर्सागढी नगरपालिकामा पनि ५ जना संक्रमित थपिएका छन् । वीरगन्ज महानगरपालिकाका ३ जना र सखुवा पर्सौनी गाउँपालिकामा एक जना कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण फेला परेको छ । रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जना संक्रमित थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved