राप्रपाका संस्थापक नेता समेत रहनु भएका सनातन संस्कृति समाज नेपालका सह अध्यक्ष तारनाथ लुइटेलले सहमतिको दस्तावेज अनुसार पार्टी एकताको बाँकी काम सम्पन्न गर्न पार्टीका तीन अध्यक्षहरूलाइ अपिल गर्नु भएको छ । मंगलवार एक अपिल जारी गर्दै नेता लुइटेलले भन्नुभएको छ, हिन्दु राष्ट्र र संबैधानिक राजसंस्थाको एजेन्डा स्थापित गर्न हामी पार्टीमा लागेका हौं । बालवच्चाहरुको गाँस काटेर पार्टीमा लगानी गरेका हौं । सामाजिक संजालमा आरोप प्रत्यारोप सुन्न कार्यकर्ता तयार छैनन् । तपाईंहरूका कारण राजनैतिक वदनामी खेपी रहेका छौं । तपाईंहरूको आरोप प्रत्यारोप सुन्न लाखौं युवा पछि लागेका होइनन् । ती युवाको भबिष्यको जिम्मा कसले लिन्छ ?
आरोप प्रत्यारोप हेर्दा तपाईंहरू र रत्नपार्कको मुकुन्देमा के फरक रह्यो रु सामाजिक संजालमा धोती खोलाखोल नगर्नुहोस् । सम्हाल्ने ठाउँ छ तर समय छैन ढिलो नगर्नुहोस् । कार्यकर्ता अब धेरै संयमता अपनाउदैनन् । यस्तो गतिविधिले राजसंस्था र हिन्दूवादीलाई ठुलो धोका हुन्छ हुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved