शुक्रबार पर्सा र बारामा थप १५ जना कोरोना भाइरस संक्रमण

  • असोज ९, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह, वीरगन्ज । पर्सा र बारामा थप १५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परिक्षणमा पर्साका ११ र बाराका ४ जनागरी १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण हुनेमा १४ जना पुरुष र १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए । पर्साका थपिएका ११ जना संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना रहेका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एकरएक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तिन जनामापनि संक्रमण भेटिएको छ । यस्तै बाराका पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ ।

सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको छ । नारायणीको प्रयोगशालामा बिहीबार १ सय २५ जनाको स्वाब पिसिआर परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved